धनगढी– कैलालीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
सोमबार साँझ गौरीगंगा नगरपालिका-९ मसुरियामा सुपप्र ०१-००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु भएको प्रहरीले जनाएको छ।
सडकमा बाटो काट्ने क्रममा उनलाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कवीन्द्रसिंह बोहोराले बताए।
बमको सोमबार राति धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


