काठमाडौँ : सर्वोच्च अदालतले विवादास्पद अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण खोजेको छ।
प्रसाईंका छोरा निराजन प्रसाँइले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलवार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौँसँग उनलाई पक्राउ गर्नुको कारण माग गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य ज्वाला सँग्रौलाले आफूमाथि जथाभावी बोलेको र चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्यूरोले आइतबार प्रसाईंलाई पक्राउ गरेको थियो।
काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई ३ दिन थुनामा राख्न अनुमति दिइसकेको छ।


