२०८३ कार्तिक २५ गते मङ्गलबार

विश्व समुदायसँग इरानी राष्ट्रपतिले भने- लेबनानलाई अर्को गाजा बन्न नदिऔँ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ८
masood_pezeskian

न्युयोर्क- इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताएका छन्। सिएनएनसँग कुराकानी गर्दै पेजेस्कियनले यस्तो बताएका हुन्।

 ‘पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देश विरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन,’ पेजेस्कियनले भनेका छन्।

‘लेबनानलाई अर्को गाजा बन्न नदिन’ अन्तर्राष्ट्रिय समुदायलाई आह्वानसमेत उनले गरे।

इरानले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई इजरायलविरुद्ध ‘तत्काल कारबाही गर्न’ पनि माग गरेको छ।

‘इरान उदासीन रहने छैन,’ इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामी लेबनान र प्यालेस्टाइनका जनताको साथमा उभिएका छौँ।’

हिजबुल्लाहको सञ्चार उपकरण पेजर आक्रमणमा ३९ जनाको मृत्यु भएको र लगभग तीन हजार घाइते भएको एक हप्ताभन्दा पनि कम समयमा इजरायली ठूला आक्रमण भएका हुन्।

संयुक्त राष्ट्र सङ्घको वार्षिक महासभाका लागि न्यूयोर्क भ्रमणमा रहेका पेजेस्कियनले इजरायललाई युद्धोन्मादको आरोप लगाएका छन्।

‘यदि मध्यपूर्वमा ठुलो युद्ध भयो भने यसले विश्वव्यापी रूपमा कसैलाई फाइदा पुर्याउने छैन भन्ने कुरा हामी सबैलाई राम्रोसँग थाहा छ,’ पेजेस्कियनले गोलमेच सम्मेलनमा भने, ‘इजरायलले व्यापक द्वन्द्वको अवस्था सिर्जना गर्न खोज्दैछ।’

इरानले विगत १०० वर्षमा कहिल्यै युद्ध सुरु नगरेको उनले बताए। तर कसैलाई पनि इरानी सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पुर्याउने अनुमति नभएकोमा उनको भनाइ छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु भएको छ। लेबनानमा सन् १९९० ताकापछिको यो सबैभन्दा ठूलो आक्रमण हो।

यो अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएयता सीमापार हिंसाको सबैभन्दा घातक दिन थियो।

अरब मुलुकहरूले हिजबुल्लाहसँगको बढ्दो शत्रुताका लागि इजरायलको कडा निन्दा गरेका छन्।

हमास र अन्य प्यालेस्टिनी लडाकूहरूले हिजबुल्लाह र इरान समर्थित अन्य समूहलाई समावेश गर्दै इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि युद्ध सुरु भएको हो।

इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार ६ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो सङ्ख्यामा’ हिजबुल्लाहका लडाकूहरू मारिएका हुन्। यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो। इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो।

इजरायलले मारिएका भनी दाबी गरेको तेस्रो वरियताको कमान्डर अली कराके जीवित रहेको दाबी हिजबुल्लाहले गरेको छ।

सरकारी सञ्चार माध्यमले पूर्वी लेबनानामा नयाँ आक्रमणहरूको खबर दिएपछि हिजबुल्लाहले मङ्गलबार बिहान इजरायली सैन्य ठेगानाहरूमा ‘मिसाइलहरूको वर्षा’ गरेको बतायो।

इजरायलको तटीय सहर हाइफामा सोमबार हवाई आक्रमणको साइरन बज्दा मानिसहरूलाई आश्रयस्थलतर्फ दौडिरहेको देखिएको थियो।

स्वास्थ्यमन्त्री फिरास अबियादले ‘हजारौँ परिवार’ विस्थापित भएको जानकारी दिँदै १२ सयभन्दा बढी घाइते भएको बताए।

पूर्वी लेबनानको प्राचीन सहर बाल्बेक नजिकै भएका विस्फोटहरूले आकाशमा धुवाँको मुस्लो उडाएको थियो।

हिंसा इजरायलको गाजासँगको दक्षिणी सीमाबाट लेबनानसँगको उत्तरी सीमातर्फ सरेपछि विश्वका शक्तिशाली मुलुकहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको अवस्थाबाट पछि हट्न आग्रह गरेका छन्।

फ्रान्स र इजिप्टले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई हस्तक्षेप गर्न आह्वान गरेका छन् भने इराकले न्युयोर्कमा राष्ट्रसङ्घीय महासभा बैठक भइरहेका बेला अरब मुलुकहरूको बैठक तत्काल बोलाउन अनुरोध गरेको छ।

इजरायलका सेना प्रमुख हेर्जी हालेभीले आक्रमणहरूले हिजबुल्लाहले दुई दशकदेखि निर्माण गर्दै आएको लडाकू पूर्वाधारलाई प्रहार गरेको बताए।

इजरायली रक्षामन्त्री योभ ग्यालेन्टले सोमबारको अभियानलाई ‘महत्त्वपूर्ण’ भनी दाबी गरेका छन्।

‘यो हिजबुल्लाहको स्थापनादेखि नै सबैभन्दा कठिन साता हो। परिणामले आफैँ बताइरहेको छ,’ उनको भनाइ छ, ‘साताको सुरुमा गरिएका गतिविधिहरूको परिणामस्वरूप धेरै आतङ्कवादी घाइते हुँदा सम्पूर्ण एकाइ युद्धबाट बाहिरिए।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले उत्तरमा ‘सुरक्षा सन्तुलन’ परिवर्तन गर्न काम गरिरहेको दाबी गरेका छन्।

प्रकाशित: २०८१ असोज ८ गते मङ्गलबार ०७:१७
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना