काठमाडौँ- न्यायपरिषद् बैठक सुरु हुनुअघि कानुन व्यवसायीहरूको संस्था नेपाल बार एसोसिएसनले विरोध प्रदर्शन गरेको छ। बारको कार्यालयअघि वकिलहरूले प्लेकार्ड बोकेर विरोध गरेका हुन्।
न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्नुपर्ने, न्यायालयमा व्याप्त भ्रष्ट्राचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्नुपर्ने उनीहरूको माग छ।
यस्तै न्यायपालिकालाई स्वतन्त्र बनाउनपर्ने पनि उनीहरूको अर्को माग छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ मा भएको संशोधन खारेज गर्नुपर्ने उनीहरूको माग रहेको उल्लेख गरेका छन्। उक्त दफामा रकम तिरेर कैद सजाय भुक्तान गर्न सक्ने व्यवस्था छ।
बिगो, जरिवाना तिरे पश्चात मात्र पुनरवेदन मुद्दा निवेदन दर्ता गर्ने व्यवस्थालाई स्वेच्छाचारी र गैरन्यायिक भन्दै उक्त निर्णय पनि फिर्ता लिनुपर्ने बारको माग छ।














