काठमाडौ- विवादित अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
बुधबार म्याद थपका लागि उनलाई काठमाडौं जिल्ला अदालत पेस गरिएकोमा न्यायाधीश श्यामविहारी मौर्यले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी मेलिश बास्कोटाले जानकारी दिए।
आइतबार उनलाई साइबर ब्युरोले उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। आइतबार नै उनलाई अदालत पेस गरिएको थियो। त्यतिबेला उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको थियो।
मंगलबार बयान लिन प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको थियो। सरकारी वकिल कार्यालयमा उनीसँग दुई घण्टा बयान लिइएको थियो।


