काठमाडौँ- नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ दशैँतिहार र छठको अवसर पारेर रु. १ मा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।
असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने यस योजना अन्तर्गत आइएमई पेएप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राहीमध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीले रु. १ मा टिकट प्राप्त गर्नेछन्।
भाग्यशाली विजेताहरुले खरिद गरेको हवाई टिकटको रु. १ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरुप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन्।
साथै आइएमई पेमार्फत हवाई टिकट खरिद गर्दा रु. ८१ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको कम्पनीले जानकारी दिएको छ।
हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीहरुले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउनुहुनेछ।
चाडपर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरुलाई लक्षित गरी आइएमई पेले यस अफर सार्वजनिक गरेको छ।
आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरु माझ महान् चाडपर्वको अवसरमा कृतज्ञता र उपहार स्वरुप समर्पण गरिएको बताए।
साथै आइएमई पेमार्फत टिकट खरिदको समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राही रिफन्ड हुन सक्ने टिकट पनि खरिद गर्न सक्छन्। तर यसमा न्यूनतम प्रिमियम रकम भने थप हुनेछ।


