काठमाडौँ- राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन (नाइट) बस नचलाउन आग्रह गरेको छ।
बिहीबारदेखि आइतबारसम्म ४ दिन भारी वर्षाको जोखिम रहेकाले राजमार्गमा पहिरो जान सक्ने भएकाले नाइटबस नचलाउन प्राधिकरणको आग्रह छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा भारी वर्षा हुन सक्ने भन्दै रेड एलर्ट जारी गरेको छ।
साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले खोला तथा नदीमा माछा मार्नका लागि नजान पनि भनेको छ।



