काठमाडौँ– लगातारको वर्षाका कारण देशका केही नदीको जलसतहले खतराको बिन्दु पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलियालगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै सचेत रहन आह्वान गरेको हो।
विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीले खतरा तह पार गरिसकेकाले नद तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आहवान गरेको छ।


