काठमाडौँ- सरकारले अहिले भइरहेको परीक्षा सबै परीक्षा रोक्ने निर्णय गरेको छ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २/३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भीक मुल्यांकन गरेको छ।
बैठकले भइरहेको परीक्षा स्थगित गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बैठकले अवरुद्ध सबै सडक चाडो संचालनमा ल्याउनेसमेत निर्णय गरेको छ। काठमाडौँ उपत्यका जोड्ने सबै नाकामा अहिले अवरोध छ। देशका मुख्य राजमार्गका ७० स्थानभन्दा बढी ठाउँमा अवरोध छ।


