काठमाडौँ- तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयले शनिबार साँझ पत्रकार सम्मेलन ७९ जना बेपत्ता भएको जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको जानकारी दिए। काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो।
पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।
ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता छन्।
सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार ३ हजारभन्दा बढीको उद्धार भएको छ। दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।
कोशी प्रदेशमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन्। ८ जना अझसम्म पनि बेपत्ता छनु। मधेशमा एक जनाको मृत्यु भएको छ। ४ जना घाइते र २ जना बेपत्ता छन्।
उपत्यकाबाहेकको बागमती प्रदेशमा २३ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते छन्। ३९ जना बेपत्ता छन्। सबै घाइतेको निशुल्क उपचार सरकारले गर्ने भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
उद्धारका लागि काठमाडौँ, काभ्रे, सिन्धुली र मकवानपुरमा हेलिकोप्टर परिचालन गरिएको छ।


