काठमाडौँ– यतिबेला बिपी राजमार्गमा सयौँ यात्रुहरू अलपत्र परेका छन्। हिजो देशभर भएको भारी वर्षाका कारण रोशीखोलामा आएको बाढीले सडक र पुल भत्काएपछि यात्रुहरू अहिलेसम्म अलपत्र परेका हुन्।
मूलकोट, नेपालथोक, मंगलटार लगायत रोशी क्षेत्रमा उनीहरू उद्धार पर्खिरहेका छन्। कतिपय पहिरोका कारण घाइते अवस्थामा छन्। अत्यावश्यक खानेकुरा र पिउने पानी नपाएपछि यात्रुहरू बिरामी समेत पर्न थालेका छन्।
त्यहाँ अझै पनि उद्धारका लागि सुरक्षाकर्मी पुग्न नसकेको अलपत्र यात्रुहरूको गुनासो छ।


