काठमाडौँ– धादिङको झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ। अहिले बसलाई डोजरमार्फत् निकाल्ने प्रयास तयारी भइरहेको छ।
बस कहाँबाट छुटेको र कति यात्रु छन् भन्नेबारे जानकारी आउन बाँकी छ। सुरक्षाकर्मीले अहिले बसलाई निकाल्ने प्रयास गरिरहेका छन्।
शनिबार मात्रै झ्याप्ले खोलामा दुई वटा बस पुरिँदा १४ जनाको मृत्यु भएको थियो।


