काठमाडौँ– बाढीपहिरो र डुबानमा परी हालसम्म १२९ जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता भएका छन्।
विपदमा परी ८६ जना घाइते भएको नेपाल प्रहरीले अद्यावधिक गराएको विवरणमा उल्लेख छ।
विभिन्न स्थानबाट ३ हजार २६६ जनाभन्दा बढिलाई उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। यो आइतबार दिउँसो १ बजेसम्मको विवरण हो। उद्धारकार्य जारी छ।
सेनाप्रहरीले विभिन्न स्थानमा अवरुद्ध राजमार्ग पनि खुलाउने प्रयास जारी राखेको छ।


