काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिका–३ इचुङ्गनारायण मन्दिर नजिकै पहिरोले घर भत्किँदा ५ जनाको मृत्यु भएको छ।
शनिबार एक र आइतबार चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
मृतक पाँच जनाको शव पोस्टमर्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ।
पहिरोमा परी दुई जना घाइते भएका छन्।
घाइतेको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।


