काठमाडौं- भारतको दिल्लीमा पक्राउ परेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेपाल ल्याइएको छ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपाली बचतकर्ताको रकम अपलचन गरेर लामो समयदेखि फरार थिए।
उनलाई शुक्रबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको थियो।
इन्टरपोलमार्फत थप प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। सीआईबी प्रवक्ता होबिन्द्र बोगटीका अनुसार मेयर नेपालीमाथि १ अर्ब २८ करोड ६३ लाख १३ हजार ५ सय २५ रुपैयाँ अपचनको आरोप छ।
पक्राउ परेका मेयर नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन्। सो सहकारी घोटालाबारे प्रहरीले छानबिन गरिरहेको छ।


