काभ्रे- गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण काभ्रेका विभिन्न क्षेत्रमा गएकाे बाढीपहिराेमा ५९ जनाकाे मृत्यु भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले बाढीपहिरोबाट जिल्लामा ५९ जनाको मृत्यु पुष्टि गरेको हो।
काभ्रे प्रहरीका अनुसार अझैपनि जिल्लामा ४ जना बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन्।
आइतबार बिहानदेखि हालसम्म हेलिकोप्टरबाट ४५१ जनाको उद्धार गरिएको छ।
यस्तै स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र अन्यबाट उद्धार हुनेकाे संख्या ३ हजार २७४ रहेकाे प्रहरीले जनाएकाे छ।


