काठमाडौँ- विजयकुमार शाह परिवारले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाको पहलमा खोल्न लागिएको छ।
शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्नेछ। जसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरुको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ।
शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसियू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पिएसआइसियू नामाकरण गरिनेछ।
वि.स. २०८१ भाद्र १३ गते, शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसिएचलाई प्रदान गरिसकेको छ। जसका माध्यमबाट यस अभियानमा शाह परिवारको गहिरो चासो, योगदान र संलग्नता प्रष्ट भएको छ।
गैरनाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ), ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरीरहेको छ। यद्यपि, यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको हो।
कुल सहयोग प्रतिबद्धता मध्ये बाँकी ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउन्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रुपमा प्रदान गरिनेछ।
सबै सहयोग रकम विजय कुमार शाहको निजी सम्पत्तिबाट गरिएको हो। शाह तीन पटकसम्म नेपालकै शीर्ष करदाता बनेका थिए।
यस नयाँ पिएसआइसियू र डे केयर सर्जरी शाखाद्धारा सेवाको खाँचोमा रहेका बालबालिकालाई विशिष्ट सहयोग हुनेछ। स्वास्थ्य उपचारका निम्ति अन्य मुलुक धाउनुपर्ने बाध्यता समेत यसको निर्माणले कम हुन जानेछ। शाह परिवारको परोपकारी सहयोगका कारण नेपालको बालस्वास्थ्य सेवाको उल्लेखनीय सुधार हासिल हुनेछ विश्वास लिएको अस्पतलाको छ।


