काठमाडौँ- नेकपा (एमाले)को सचिवालय बैठकले बाढीपहिरो तथा डुबान पीडितको राहतका लागि ५० लाख रुपैयाँ नेपाल सरकारलाई प्रदान गर्ने निर्णय गरेको छ।
प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने गरी उक्त रकम प्रदान गर्ने निर्णय भएको हो।
यसअघि नै नेपाली कांग्रेसले पनि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिसकेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा रु एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।
एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान गरेका छन्।


