काठमाडौँ- साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटी रकम तिरेर रिहा भएका छन्।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले दुई वटा मुद्दामा ५०-५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएपछि उक्त रकम बुझाएर उनी रिहा भएका हुन्।
प्रसाईंविरुद्ध ५ वर्षसम्म कैद सजाय मागदाबीसहित सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। प्रसाईं असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए।
सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टीका सङ्ग्रौला (ज्वाला)को जाहेरीमा पक्राउ परेका प्रसाईंविरुद्ध अर्का एक पुरुषले पनि जाहेरी दिएका थिए।
धरौटी रकम बुझाएर रिहा भएपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अदालतले आफूलाई राहत दिएको बताएका छन्। अब मुद्दाको फैसला आउँदा अदालतले न्याय दिने विश्वास पनि उनको छ।


