काठमाडौँ- सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रालि (पर्सा, चितवन)बीच सम्झौता भएको छ। बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले विशेषगरि सिद्धार्थ जेनजी खाता भएका ग्राहकहरुले चितवनको पर्सा स्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यस सम्झौताले ग्राहकहरुलाइ छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरि गर्ने विश्वास बैंकले लिएको छ।


