नवलपरासी- पश्चिम नवलपरासीको दाउन्नेमा शुक्रबार साँझ सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्लाको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।
सूचना अधिकारी बोहराका अनुसार सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त प्रयास भइरहेको छ।
सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उहाँले जानकारी दिए।
यसअघि असोज १४ गते सोही ठाउँमा सडक भासिएको थियो।
१५ गते रातभर बन्द गरेर सडक मर्मत गरी सञ्चालनमा ल्याइएको थियो।


