पोखरा–पोखरा महानगरपालिका– १० बुद्धचोकको एक पसलमा आगलागी भएको छ।
कृष्ण ढकाल र अनिल ढकालले संयुक्त रुपमा सञ्चालन गरेको द स्केट पार्क प्रा.लि.मा गएराति करिब ८ बजे आगलागी हुँदा लाखौौको क्षति भएको छ।
आगोलाई प्रहरी, दमकल र स्थानीयको सहयोगमा राति ९ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट स्केट जुत्ता ६५० थान, कम्प्युटर ३ थान, ४३ इन्चको टिभी एक थान, जेनेरेटर ब्याट्री एक थान, इन्भर्टर ब्याट्री एक थान, सीसीटीभी क्यामेरा आठ थान जलेर नष्ट भएको छ।
आगलागीको कारण अझै खुलेको छैन।


