काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीका प्रेस सल्लाहकार अश्विन दानी पक्राउ परेका छन्। पत्रकारको आवरणमा आपराधिक लाम लिएको अभियोगमा उनी पक्राउ परेका हुन्।
काठमाडौं कपनबाट पीडितसँग लिएको रकमसहित असोज २२ गते उनी पक्राउ परेका हुन्।
उनीमाथि त्रास देखाएर रकम माग गरेको आरोपसहित जाहेरी परेको छ।
गोरखा नगरपालिका-३ नारेश्वरका दानी प्रेस चौतारी गोरखा जिल्ला शाखाका पूर्वअध्यक्षसमेत हुन्।
पछिल्लो समय रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टीको पत्रकार संगठनका केन्द्रीय अध्यक्ष हुन्।
उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
गत चैत मुगा मालासहित उनी पक्राउ परेका थिए। पछि धरौटीमा रिहा भए।


