काठमाडौँ– गएराति सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको अरनिको राजमार्ग एकतर्फी खुलेको छ। काभ्रेको पाँचखाल नगरपालिका–८ मा गएराति सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो।
प्रहरीका अनुसार रातभर पहिरो सडक खुलाउने प्रयास भइरहेको थियो। राजमार्ग अवरुद्ध हुँदा दशैँमा ओहोरदोहोर गर्ने यात्रु मारमा परेका छन्।


