काठमाडौं – इन्डियन प्रिमियर लिगमा अहिले १२ औं चरणका खेल भइरहेका छन्। केही टिमले भने ११ औं खेल पनि खेल्ने भने बाँकी नै छ। अहिले आईपिएल प्ले अफको लागि शीर्ष चारमा पर्न निकै पेचिलो प्रतिस्पर्धा भइरहेको छ। जसमा गुजरात टाइटन्सले शीर्षस्थान कब्जा गरेको छ भने चेन्नईले दोस्रोमा स्थान बनाएको छ। शीर्ष चारका लागि तेस्रो स्थानमा रहेको राजस्थान, चौथो स्थानको मुम्बई, पाँचौ स्थानको लखनौ र छैटौं स्थानको बैंगलोरलगायतका टिमले प्रस्पिर्धा गरिरहेका छन्।
प्लेअफको प्रतिस्पर्धासँगै व्यक्तिगत प्रतिस्पर्धामा पनि निकै पेचिलो प्रतिस्पर्धा भइरहेको छ। आईपिएलमा धेरै रन बनाउने खेलाडीलाई ओरेन्ज क्यापले सम्मान गरिन्छ भने धेरै विकेट लिनेलाई पर्पल क्यापको अवार्ड दिइन्छ। अहिले यो अवार्डका लागि निकै पेचिलो प्रतिस्पर्धा भइसरहेको छ।
इन्डियन प्रिमियर लिगको जारी संस्करणमा फाफ डु प्लेसिसले सर्वाधिक रन बनाएका छन्। ११ खेलको ११ इनिङबाट ५७६ रन बनाएका डुप्लेसिस लिडरबोर्डको शीर्ष स्थानमा छन्। यसदौरान ६ अर्धसतक बनाएका उनले ४५ चौका र ३२ छक्का प्रहार गरेका छन्।
यसश्वी जैसवाल निकै बलसाली युवा खेलाडी हुन्। १२ खेलको १२ इनिङबाट ५७५ रन बनाएर उनी लिडरबोर्डको दोस्रो स्थानमा छन्। उनले एक शतक र चार अर्धशतक बनाएका छन् भने ७४ चौका र २६ छक्का प्रहार गरेका छन्।
शुभमन गिलले ११ खेलमा ४६९ रन बनाएका छन्। उनी ११ खेलको ११ इनिङबाट ४६९ रन बनाएर डिरबोर्डको तेस्रो स्थानमा छन्। उनले ११ खेलमा चार अर्धशतक बनाएका छन् भने ४९ चौका र १३ छक्का प्रहार गरेका छन्।
दक्षिण अफ्रिकी खेलाडी डेभन कोनवेले १२ खेलमा ४६८ रन बनाएका छन्। उनी १२ खेलको ११ इनिङबाट ४६८ रन बनाएर लिडरबोर्डको चौथोे स्थानमा छन्। उनले १२ खेलमा पाँच अर्धसतक बनाएका छन् भने ५५ चौका र १३ छक्का प्रहार गरेका छन्।
विराट कोहिलले ११ खेलमा ४२० रन बनाएका छन्। उनी ११ खेलको ११ इनिङबाट ४२० रन बनाएर लिडरबोर्डकोे पाचौँ स्थानमा रहेका छन्। उनले ११ खेलमा ६ अर्धसतक बनाएका छन् भने ३९ चौका र ११ छक्का प्रहार गरेका छन्।
यो त भयो उत्कृष्ट ब्याटिङ गर्ने खेलाडी। बलिङमा पनि उस्तै प्रतिस्पर्धा कायम रहेको छ।
बलर यूजवेन्द्र चहलले १२ खेलमा ४४ आभर पाँच बलिङ गरेर ३५५ रन खर्चिदै २१ विकेट लिएका छन्। अहिले उनी लिडरबोर्डको पहिलो स्थानमा रहेका छन्। उनले १२ खेलमध्ये एक खेलमा तिन विकेट लिएका छन। अहिले पर्पल क्यापको निकै नजिक पुगिसकेका छन् चहल।
उनलाई १९ विकेट लिएका तीन खेलाडीले पछ्याइरहेका छन्। त्यसमा मोहम्मद शामी, राशिद खान र तसशहर देशपान्डे रहेका छन्। सामीले ११ खेलमा ४३ ओभर बलिङ गरेर ३११ रन खर्चिदै १९ विकेट लिएका छन। अहिले उनी लिडरबोर्डको दोस्रो स्थानमा छन्। उनले ११ खेलमध्ये एक खेलमा एक विकेट लिएका छन्।
राशिद खानले ११ खेलमा ४४ ओभर बलिङ गरेर ३६५ रन खर्चिदै १९ विकेट लिएका छन्। अहिले उनी लिडरबोर्डको तेस्रो स्थानमा छन। तुसार देशपान्डेले १२ खेलमा ४३ ओभर बलिङ गरेर ४१४ रन खर्चिदै १९ विकेट लिएका छन्। अहिले उनी लिडरबोर्डको चौथौँ स्थानमा रहेका छन्।
प्युस चावलाले नौँ खेलमा ४३ ओभर बलिङ गरेर ३२१ रन खर्चिदै १७ विकेट लिएका छन्। अहिले उनी लिडरबोर्डको पाँचौँ स्थानमा रहेका छन्।


