काठमाडौँ- बाढीपहिरो र डुबानका कारण घरबारविहीन नागरिकका लागि सरकारले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माण गरिसक्ने लक्ष्य राखेको छ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
प्राधिकरणका सहसचिव वसन्त अधिकारीका अनुसार कार्यकारी समितिको बैठकबाट सिफारिस भएको ७१ वटा संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि परिषद्ले अनुमोदन भएको छ।
बाढीपहिरोबाट अति प्रभावित तहलाई एक करोड, प्रभावित तहलाई ७५ लाख र सामान्य प्रभावित तहलाई ५० लाख दिने कार्यकारी समितिले गरेका सिफारिस समेत अनुमोदन गरेको छ।


