त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य २८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार बा प्र ०७ ०० १ ज ००२० नम्बरको जिप सडकबाट खसेर दुर्घटनामा परेको हो।
कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा बुलिङटारबाट कावासोती जाँदै गरेको जिप दुर्घटनामा परेको थियो।
घाइतेलाई नवलपुर अस्पताल र मध्यबिन्दु जिल्ला अस्पताल पुर्याइएको छ। क्षमताभन्दा बढी यात्री बोकेकाले जिप दुर्घटना भएको प्रहरीको अनुमान छ।
प्रहरीका अनुसार मृतक तथा घाइतेको विवरण प्राप्त हुन बाँकी छ।


