ललितपुर- ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ।
शनिबार अपराह्न पौने ५ बजे ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोकनजिकै रोकिइरहेको बसमा आगो लागेको हो।
बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए।
विद्युत सर्ट भई आगलागी भएको उनको भनाइ छ।
ललितपुर महानगरपालिकाको दुई वटा दमकलले बसमा लागेको आगो साँझ ५ बजे निभाएको छ।


