काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। एमाले पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले डिनर दिएर बैठक सुरु गरेका हुन्। डिनरको कार्यक्रम बालुवाटारमा भएपनि बैठक भने च्यासलमा भएको थियो।
शनिबार साँझमा उक्त डिनर मिटिङको आयोजना गरिएको थियो। अहिले च्यासलमा बैठक सुरु भएको छ।
व्यवसायी मीनबहादुर गुरूङले दान दिएको जग्गाबारे पार्टीका नेताहरूबीच समान धारणा बनाउन बैठक बोलाइएको हो। नेताहरूले विवादित व्यापारीबाट चन्दा लिनु गलत भएको बताइरहेका बेला त्यसैलाई मत्थर गर्न ओलीले बालुवाटारमा सचिवालय सदस्यहरूलाई बोलाएर डिनर खुवाएका हुन्।
व्यवसायी गुरूङले दिएको जग्गामा असोज २५ गते ओलीले पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका थिए।
यसबारे समान धारणा बनाउन सचिवालय सदस्यहरूलाई डिनरसहित छलफलको निम्तो दिएको एक सदस्यले बताए।





