२०८३ कार्तिक २६ गते बुधबार

‘अतिक्रमणकै कारण हाउजिङतिर पसेको थियो कर्मनाशा’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ५
colony

पाटन (ललितपुर)- अतिक्रमण हुँदा कर्मनाशा खोला हिलभ्यू हाउजिङमा पसेकाले यसतर्फ सङ्घ, प्रदेश र स्थानीय तहले ध्यान दिनुपर्नेमा जोड दिइएको छ। गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण कर्मनाशा खोलाको बाढी ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित हिलभ्यू हाउजिङ (बालकुमारी कोलोनी) मा पसेको थियो।

बाढीले भुइँ तला पूरै डुबाएको हाउजिङका अध्यक्ष मोहन भट्टराईले जानकारी दिए। ‘पन्ध्र वर्षदेखि हामी कोलोनीमा बसिरहेका छौँ, अहिलेसम्म यस्तो समस्या आएको थिएन, २०७२ सालको भूकम्पमा पनि क्षति व्यहोर्नुपरेको थिएन, कर्मनाशा खोलाको ललितपुर महानगरपालिकातर्फ करिडोर अतिक्रमण हुँदा अहिले क्षति व्यहोर्नु पर्यो,’ उनले भने।

उक्त क्षेत्रको भौगोलिक बनावट र जोखिम तत्काल अध्ययन गरी कुन कुन स्थानमा कति जोखिम छ भनेर पत्ता पत्ता लगाउन आवश्यक छ। मनोहरामा मिसिने कर्मनाशा खोला सिधै गएर  मिसिएकामा सो खोलाको मिलन विन्दुको आकार फराकिलो बनाई ‘वाई’ आकारमा मिसिने व्यवस्था गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने अध्यक्ष भट्टराईको भनाइ छ।

उनले यस्तो विपद् व्यवस्थापनका लागि दीर्घकालीन उपाय खोजी गरी समाधान गर्नुपर्नेमा जोड दिए। च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय नजिक रहेको मनोहरा खोलाको पुललाई प्रतिस्थापन गरी रिङरोडमा रहेको पुल सरह अग्लो बनाउनुपर्ने अध्यक्ष भट्टराईले  बताए।

पन्ध्र वर्षदेखि सञ्चालनमा रहेको उक्त कोलोनीमा ७२ परिवारको बसोबास रहेको सचिव अक्षय गौतमले बताए। बाढीबाट रु २० करोड बराबरको क्षति भएको उनको भनाइ छ।

कर्मनाशा खोलाको पूर्वतर्फ अर्थात् महालक्ष्मीनगर पालिकातर्फ करिडोर तथा कच्ची सडक निर्माण भइसकेकामा त्यसको पश्चिमतर्फ ललितपुर महानगरपालिकाले पनि तत्कालै करिडोर खाली गराएर करिडोरमा सडक बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

कोनोनीका सदस्य मनोज खड्काले कर्मनासा खोलाको दायाँबायाँ करिडोर सडक निर्माण गरेर तथा खोलालाई अतिक्रमण हुनबाट बचाई खोलाले आफ्नो बाटोमा बग्ने संरचना बनाउन  आवश्यक पहल गर्न माग गरे।

‘कर्मनाशा खोलाको पूर्वतर्पmको कोरिडोरको भाग खाली गरी सडक निर्माण गर्न हामीले सहयोग गरेका छौँ। पश्चिमतर्फ ललितपुर महानगरपालिकातर्फ करिडोर खाली नगरेकाले खोलाको सबै बहाव हाउजिङतर्फ मोडिएकाले अत्यधिक क्षति व्यहोर्नु पर्यो,’ उनले भने।

कर्मनाशा, मनोहरा तथा बागमतीमा फोहर मैला तथा बालुवा भरिएका कारण खोलाको गहिराई कम हुँदै गएकाले नियमित सफा गरी वास्तविक गहिराइ कायम गर्नुपर्ने खड्काले बताए। खोला बग्ने स्थानमा उद्यान र कोरिडोर निर्माण भएकाले चौडाइ बढाउन तथा चौडाइमा एकरुपता कायम गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २०८१ कार्तिक ५ गते सोमबार ०६:३०
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना