धनुषा– धनुषामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डलको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुण बहादुर सिंहका अनुसार छिमेकीको पूजाका लागि जेनेरेटरमा तार जोड्ने क्रममा मण्डल ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गएपछि घटना भएको हो।
घटनापछि तुरुन्तै मण्डललाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


