काठमाडौँ– भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भारतीय निजी कम्पनीको जहाज भिस्तारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ।
भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ छ। जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतको भनाइ छ।
बम राखेको खबर पाइएपछि नेपाली सेनाले जहाजको खानतलासी सुरु गरेको छ। पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ।
बमको हल्ला आएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए।
नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको छ।
१५७ जना लिएर आएको जहाजलाई अर्कै ठाउँमा राखिएको छ। अगाडि-पछाडि कुनै जहाज वा अन्य गाडी राखिएको छैन।
नेपाली सेनाले अहिले जहाजको जाँच गरिरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमान पार्किङ वेमा रहेकाले उडानअवतरण नियमित रहेको बताएको छ।


