कञ्चनपुर- कञ्चनपुरमा चरेश ओसारपसारमा नयाँ शैली अपनाउन थालिएको खुलासा भएको छ।
स्याउको दानाभित्र लुकाएर चरेस ओसारपसार हुने गरेको पछिल्लो घटनाबाट पुष्टि भएको हो।
कञ्चनपुर जेलमा राखिएका कैदीलाई भेट्न जाँदा युवाले चरेस नै ओसारपसार गर्ने गरेको पाइएको हो।
त्यसरी स्याउको दानामा लुकाएर चरेश लिएर पुगेका युवा प्रहरीको नियन्त्रणमा पुगेका छन्।
भीमदत्त नगरपालिका–८ का २२ वर्षीय तेजेन्द्र महरा समातिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
उनले ३ ग्राम ४० मिलिग्राम चरेश स्याउभित्र राखेर कैदी भेट्न पुगेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


