ललितपुर- ललितपुरको जावलाखेलमा १७औं प्रतियोगितात्मक प्रदर्शनी आजदेखि सुरू भएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी आजदेखि सुरू भएको हो।
कात्तिक ११ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा व्यवसायिक स्टल ६८ वटा, प्रतियोगितात्मक स्टल दुईवटा, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरी जम्मा ७५ वटा प्रदर्शनी कक्षहरू रहेका छन्।
तिहार तथा छठ पर्वलाई लक्षित गरी फूलको उपलब्धता सहज होस् भनेर गोदावरी फूलको प्रदर्शनी गरिएको आयोजकले जनाएको छ। गोदावरी फूलको व्यवसायिक प्रवर्द्धनका लागि प्रदर्शनी गर्दै आएको आयोजकको दाबी छ।
चार दिनसम्स रहने प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने तथा १ करोड भन्दा बढीको व्यवसायिक कारोबार हुने आशा गरिएको आयोजकको रहेको छ।


