काठमाडौँ- संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रस्तावित राजदूत लम्सालको सुनुवाइ गर्दै सर्वसम्मतले उनको नाम अनुमोदन गरेको हो।
सरकारले राजदूत पदमा सिफारिस गरेपछि लम्सालको संसदीय सुनुवाइका लागि भदौ ५ गते परराष्ट्र मन्त्रालयले समितिमा पत्र पठाएको थियो।
समितिमा लम्सालबिरुद्ध एउटा उजुरी समेत परेको थियो।
समितिमा लम्सालको सुनुवाइ गरेपछि योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतले उनको नाम अनुमोदन गरिएको हो।


