काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
ओलीलाई ज्वरो आएको उनको सचिवालयले जानकारी दिएको छ।
अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक भेटघाट र कार्यक्रम स्थगित गरेका छन्।
उनी बालुवाटारमा नै आराम गरिरहेको ओलीको सचिवालयको भनाइ छ।


