ताप्लेजुङ- ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रममा ढुंगामुढा भएको छ।
दिउँसो १ बजेतिर पाथीभरा तल्लोफेदीस्थित काफ्लेपाटीमा केबलकारको स्टेसन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रममा ढुंगामुढा भएको हो।
जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार कार्यक्रम सुरु भएलगत्तै विरोधी पक्षले ढुंगा हान्न थालेको थियो।
नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थलमा थिए।
फुङलिङ नगरपालिकाका मेयर मादेनका अनुसार स्काभेटर लगाएर विरोधका बाबजुध शिलान्यास भएको बताए।
पाथीभरामा केबलकार बनाउने विषयमा लामो समयदेखि विवाद छ।
प्रत्यक्षदर्शी हेमराज निरौलाका अनुसार प्रहरीले एक्जाभेटरको चाबी लगेपछि विवाद बढेको थियो। त्यसक्रममा निर्माण पक्षले प्रहरीसँग चाबी मागेर एक्जाभेटर लगिछाड्ने अड्डी लियो। त्यसपछि त दुवै पक्षबीच हात हालाहाल भएको थियो। दुवै पक्षतर्फ घाइते भए।








सबै तस्बिर : हेमराज निरौला


