सुर्खेत- सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर नगरपालिका-१४ मा हायस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दुर्घटनामा परेको हो।
मृतकको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा परी २५ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।
२९ जना सवार उक्त गाडी सडकभन्दा झन्डै दुई सय मिटर तल खसेको थियो।


