कैलाली- कैलालीको धनगढीमा होटलको जग खन्ने क्रममा बमजस्तै शंकास्पद वस्तु फेला परेको छ।
शुक्रबार धनगढी उपमहानगरपालिका-३ विशालनगरस्थित होटल सिद्धार्थ प्रालिले निर्माण गर्न लागेको भवनको जग खन्ने क्रममा उक्त वस्तु फेला परेको हो।
शनिबार दिउँसो सेनाको बम डिस्पोजल युनिट आएर शंकास्पद वस्तु डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ। शंकास्पद वस्तु सकेट बमजस्तो देखिएको पनि उनको भनाइ छ।
‘हिजोदेखि नै प्रहरीले उक्त स्थान सुरक्षित गरेर राखेको थियो। आज सेनाको टोलीले डिस्पोज गरिसकेको छ,’ डिएसपी बोहराले भने।


