काठमाडौँ- सेफ्स एसोसिएसन अफ नेपालको २९औँ वार्षिक साधारणसभाका अवसरमा भृकुटीमण्डपमा नेपाली मौलिक खानाको प्रदर्शनी गरिएको छ।
पर्यटन विकासलाई टेवा पुर्याउन आयोजना गरिएको प्रर्दशनीमा सातै प्रदेशका १३ प्रकारका रैथाने मौलिक खानाको प्रदर्शनी गरिएको हो।
नेपाली मौखिक खानाको प्रवर्द्धनले राष्ट्रिय स्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पनि नेपालको पहिचान गराउने उद्देश्यले खानाको प्रदर्शनी गरिएको एसोसिएसनले जनाएको छ ।
नेपालको पर्यटन विकासका लागि यस्ता प्रर्दशनीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास एसोसिएसनको छ।
प्रदैशनीमा नेवारी परम्परागत खाना चटामरी, आलु, तामा र बोडी,पहाडी क्षेत्रको खाना कोदो तथा सिस्नुको सुप,सादा स्थानीय खाना,कालो मासको दाल,स्वेदी अचारका विभिन्न प्रकारहरू,गुल्मी तथा धादिङ लगायतका क्षेत्रमा उत्पादित कफी,लेक क्षेत्रमा पाइने टिमुरको छोप लगायत विभिन्न रैथाने खानाहरू प्रदर्शनीमा राखिएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी र पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले पानसमा बत्ती बालेर प्रदर्शनी उद्घाटन गरेका थिए। चौधरीले नेपाली संस्कृति पहिचान र मौलिक खानालाई पवश्व सामु चिनाएको बताए।
एसोसिएसनका अभ्यक्ष रेसमकुमार लामाले लामो संघर्ष र निरन्तरको मेहनतले नेपाली मौलिक खाना विश्वसामू चिनाउन विभिन्न गतिविधि गर्दै बताए ।
पर्यटन तथा सेफ्स र नेपाली खानासँंग सम्बन्ध राख्ने संघ संस्थाहरूसंँग संस्थागत सहकार्य र एकता गर्ने कामले निरन्तरता पाउने छ ।
संस्थागत पुँजी वृद्धि गर्न र सदस्य राहात तथा सहयोग कार्यक्रम गर्न एसोसिएसनकोे बिधान अनुसार सेफ्स कल्याणकारी कोष २०८१ स्थापना गरिएको छ।

सेफ्सहरुको हक हितका लागि स्थापना भएको एसोसिएसनमा अहिले करिव १ हजार दुइ सय भन्दा बढी सेफ आबद्ध छन्। त्यसमध्ये २० प्रतिशत महिला रहेको लामाको भनाइ छ।
साधारणसभाकै अवसर पारेर एसोसिएसनका पूर्व अध्यक्ष र २५ वर्षभन्दा बढी पाककलामा लागेका सेफ्सहरुलाई सम्मान गरिएको थियो।
नेपाल पर्यटन बोर्डको सभा हलमा भएको कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।


