काठमाडौं- दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।
शुक्रबार शैल्यशिखरनगरपालिका–६ मा मालिकार्जुन धामको मेलाबाट फर्किरहेका दर्शनार्थीहरू सवार जिप दुर्घटनामा परेको थियो। गोकुलेश्वर आउँदै गरेको करिब १२ जना सवार १ ज३३८ नम्वर जिप सडकबाट तीन सय मिटर तल खस्दा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।
मृतकको पहिचान खुलिसकेको छैन।


