२०८३ कार्तिक २६ गते बुधबार

दमननाथलाई गुरु मान्थे प्रधानन्यायाधीश राउत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
prakashman_daman

काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आफ्ना गुरु पूर्वसभामुख दमनाथ ढुङ्गानासँग बिताएका पल र उनले दिएको शिक्षादीक्षा झलझली याद आइरहेको छ। गुरुको निधनले मर्माहत छन् राउत।

‘मेरा गुरु निष्कलङ्क छवि, असल चरित्र, निष्ठावान, नैतिक धरातलमा रहने, सक्षम र अध्ययनशील हुनुहुन्थ्यो। उहाँका तीन पाटा छन्, पत्रकार, कानुन व्यवसायी र सभामुख,’ प्रधानन्यायाधीश राउतले भने, ‘उहाँसँग जुनसुकै विषयमा पनि ज्ञान थियो।’

वरिष्ठ अधिवक्तासमेत रहेका पूर्वसभामुख ढुङ्गाना अध्ययनशील थिए। ‘अध्ययन धेरै गर्नुहुन्थ्यो, काठमाडौँबाट प्रकाशन हुने प्रायः सबै पत्रिका पढ्नुहुन्थ्यो’, प्रधानन्यायाधीश राउतले विगत स्मरण गर्दै भन्नुभयो, ‘बिहान निस्किने पत्रिका मात्र होइन्, सन्ध्याकालीन पत्रिका पनि किनेर पढनुहुन्थ्यो।’

पूर्वसभामुख ढुङ्गानालाई दर्शन, साहित्य, स्वाथ्य, शिक्षालगायत विषयमा ज्ञान थियो। उहाँले जहिले पनि देशको हितका विषयमा मात्र कुरा गर्नेगरेको प्रधानन्यायाधीश राउत बताउँछन्।

‘म दमननाथ गुरुको शिष्य हुँ, उहाँले मलाई कानुन व्यवसाय सिकाउनु भएको हो, कहिले पनि उहाँले आफ्नो स्वार्थका लागि काम गर्नु भएन’, उनले भने, ‘संसदीय अभ्यासमा ढुङ्गानाको ठूलो योगदान छ, संसद्मा रुलिङ गर्नुपर्छ भनेर पहिला नै संसदीय अभ्यासको सम्पूर्ण विषयमा पढेर जानकारी लिनुुहुन्थ्यो, एकदमै दक्ष, प्रस्तुति र लेखनमा निपूर्ण हुनुहुन्थ्यो, वकालत सँगसगै विभिन्न पत्रिकामा आफ्ना विचार लेख्नुहुन्थ्यो।’

राउतको पूर्वसभामुख ढुङ्गानासँग २०३९ फागुनमा भेट भएको थियो। ‘कानुन पढ्दै गर्दा भेट भएको हो। ढुङ्गानाको ‘ल फर्म’ पुतलीसडकमा थियो। त्यही बेला वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादव र वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीसँग भेट भएको थियो’,  प्रधानन्यायाधीश राउतलाई अहिले पनि सम्झना छ। बाटोमा हिँड्दा धेरैले सम्मान गर्ने गरेको प्रधानन्यायाधीश राउतको स्मृतिमा ताजै छ।

‘वकिल हुँदा उहाँसँग हिँड्दा धेरैले सम्मान गर्थे, बाटोमा हिँड्दा परैबाट आएर पनि नमस्कार गर्ने गर्थे’, प्रधानन्यायाधीश राउतले भने, ‘उहाँ असाध्यै निष्ठाको मान्छे हो। उहाँबाट सिक्नलायक विषय धेरै थिए, जुनसुकै विषयमा अब्बल, हरेक समस्याको समाधान गर्न सक्ने हुनुहुथ्यो,’ उनले भने।

त्यो बेला ढुङ्गानाले भाषण गरेपछि कार्यपत्र खोज्न वकिल धेरै दिनसम्म नेपाल बार एसोसिएशन वरिपरि घुम्ने गरेका उनी सुनाउछन्।  आफ्नो गुरुको बौद्धिकता र सरल व्यक्तित्व अहिले पनि प्रधानन्यायाधीश राउतको स्मृतिमा झलझली आउँछ।

‘वकिल हुँदा दमन ढुङ्गाना मात्रै भनिन्थ्यो, सभामुख भए पछि मात्र दमननाथ भनेर लेख्न थालियो’, उनले विगत सम्झिँदै भने, ‘सभामुख हुँदा पनि उहाँले राज्यबाट केही सुविधा लिनु भएन, मानिस स्वाभिमानी हुनुहुपर्छ भन्नुहुन्थ्यो, शक्ति र सत्ताको पछि उहाँ कहिलै लाग्नुभएन।’

सभामुख हुँदा पनि ढुङ्गानाले राज्यबाट पाउने सुविधा नलिएर आफ्नै सवारीसाधनमा आउने जाने गर्नुहुन्थ्यो। उहाँको नेपाली, अङ्ग्रेजी र नेवारी भाषामा राम्रो दक्षता थियो।

‘भर्खर प्रजातान्त्र आएको बेलामा ‘सरकार बहुमतको हुन्छ’ र  ‘संसद् भनेको प्रतिपक्षको हो’ भनेर उहाँले स्थापित गर्नुभयो’, प्रधानन्यायाधीश राउतले भने, ‘ढुङ्गानालाई २०५२ सालमा अमेरिका, बेलायत र भारतमध्ये एक ठाउँमा छानेर राजदूत बन्नुस भनेर तत्कालीन कानुनमन्त्रीको प्रस्ताव मैले सुनाएको थिएँ, कानुनमन्त्रीले सिधैँ उहाँलाई भन्ने आँट गर्नुभएन, मैले नै उक्त प्रस्ताव राखे। उहाँ पहिलो पटक मसँग रिसाउनुभयो, म जागिर खान जाने होइन, राज्यको सेवा गर्न जन्मिएका हो भन्नुभयो’, उतिबेलाको प्रसङरग सम्झिँदै प्रधानन्यायाधीश राउत भन्छन्।

आफ्ना गुरु ढुङ्गानाबाटै कानुनका विषयमा पढ्न प्रेरित भए। ‘गुरुको पथमा हिँडेर नै आज म यस ठाउँसम्म आइपुगेको हुँ, मलाई उहाँले नै शिक्षित र दीक्षित गर्नुभएको हो’, उनले भने, ‘न्यायालयको परिर्वतन गर्न सल्लाह दिनुभएको थियो, केही राम्रो गरोस भन्ने चाहाना राख्नुभएको थियो।’

न्यायपालिकाको सुधारमा लाग्नु भनेर प्रोत्साहन गर्नुहुने गुरुले आफ्नो शिष्य प्रधानन्यायाधीश बनेको हेर्न पाउनुभयो। तर सम्पूर्ण काम भने हेर्न पाउनुभएन।

‘म ४४ वर्षदेखि गुरुको छत्रछायामा थिए, सधै मलाई सम्झनुहुन्थ्यो, खोजिरहनुहुन्थ्यो, न्यायालयको सुधारमा ध्यान दिनुस् भन्नुहुन्थ्योे’, प्रधानन्यायाधीश राउतले भने, ‘गत शनिबार घरमै भेटेर आएको थिएँ, गुरु–शिष्यको त्यही नै अन्तिम भेट रहेछ।’

प्रकाशित: २०८१ मङ्सिर ३ गते सोमबार ०३:१४
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना