काठमाडौँ– भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बुधबार नेपाल आउने भएका छन्। ५ दिने भ्रमणका लागि उनी काठमाडौं आउन लागेका हुन्।
सेनाध्यक्ष द्विवेदीलाई मंसिर ६ गते नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ।
मङ्सिर ९ गते उनी स्वदेश फर्कने नेपाली सेनाले जानकारी दिएको छ।
द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र नेपालका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटघाटको कार्यक्रम छ। यस्तै कमान्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीसँग अन्तर्क्रियाको कार्यक्रम पनि तय गरिएको छ। यस्तै, पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ।
द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
नेपालका प्रधानसेनापतिलाई पनि भारतीय सेनाध्यक्षको दर्जा प्रदान गर्ने अभ्यास छ।


