काठमाडौँ- इन्डियन प्रिमियर लिगकै सबैभन्दा महँगा खेलाडी ऋषभ पन्त बनेका छन्।
आइतबार साउदी अरबको जेद्दाहमा भएको अक्सनमा आरटीएम प्रणालीबाट लखनउ सुपर जाइन्टस् ले पन्तलाई २७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो।
विकेट किपर ब्याटरलाई दिल्ली क्यापिटल्सले रिटेन गरेको थिएन। उनी अहिले अस्ट्रेलियासँग भारतीय राष्ट्रिय टिमबाट टेस्ट सिरिज खेलिरहेका छन्।
पन्तलाई भारतीय क्रिकेट टिमका अर्का सदस्य श्रेयस अय्यरले पछ्याएका छन्।
अय्यरलाई पञ्जाब किङ्ग्सले २६ कराेड ७५ लाख भारुमा अनुबन्ध गरेकाे छ। यसअघि काेलकाता नाइट राइडर्समा रहेका अय्यरकाे न्यूनतम अक्सन मूल्य २ कराेड भारु थियाे।


