नेपाल प्रहरीका जनपद प्रहरी समूहका ८ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।
आइतबार बसेको बढुवा समितिको बैठकले ८ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।
बढुवाको पहिलो नम्बरमा ध्रुवराज राउत रहेका छन् । त्यसपछि भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर बिक रहेका छन्।
प्रकाशित: २०८१ मङ्सिर १० गते सोमबार ०८:५१