मन्थलीः रामेछापको खाँडादेवी गाउँपालिका- ३ का स्वास्थ्य आमा समूहहरूले निजी खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन्।
स्थानीय ईश्वर स्वास्थ्य आमा समूह सुनुवार खोकले, लालुपाते स्वास्थ्य आमा समूह कुतुर्षा, देवी स्वास्थ्य आमा समूह कम्राती, जनज्योति स्वास्थ्य आमा समूह सित्खाटार, जनचेतना स्वास्थ्य आमा समूह, जनसेवा स्वास्थ्य आमा समूह सित्खा र बगैंचा सेतीदेवी स्वास्थ्य आमा समूहलगायतले यस्तो कार्यक्रम सञ्चालन गरिरहेको भिरपानी स्वास्थ्य चौकी आँपचौरका स्वास्थ्यकर्मी नारायणकृष्ण श्रेष्ठले जानकारी दिए।
यो अभियान निरन्तर चलाउने योजना रहेको पनि उनले बताइन्। – रासस
