काठमाडौँ– रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडाको भिरमा फोर्स गाडी दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घटनामा पाँच जनाको मृत्यु हुनुका साथै ३ घाइते भएका छन्।
घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
फोर्स सडकबाट करिब ३०० मिटर तल खसेको थियो।


