२०८३ कार्तिक २६ गते बुधबार

मिथिलामा विवाहपञ्चमीको भव्य तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १६
GopalBaral_Mahatori
विवाहपञ्चमी महोत्सवका लागि बनाइएको झकिझकाउ मटिहानी। रामजानकी विवाह महोत्सवको जन्ती स्वागतको तयारीका लागि मटिहानी झकीझकाउ बनाइँदै। रङ्गरोगन गरेर सजाइएका मठ, देवालय परिसर छन् भन्ने चारैतिर मङ्गलगान गुञ्जित छ। तस्बिरः गोपालप्रसाद बराल/रासस

जलेश्वर- प्रत्येक पाँच वर्षको अन्तरालमा धुमधामसँग भारतको अयोध्याबाट जन्ती आएर नेपालको जनकपुरमा मनाइने भगवान रामचन्द्र र माता सीताको विवाहोत्सव (विवाहपञ्चमी उत्सव) को रौनक आजदेखि महोत्तरीमा देखिन थालेको छ।

अनादिकालदेखि नै महोत्तरी र धनुषाका विभिन्न स्थानमा विवाहका विभिन्न विधि सम्पन्न गरी मनाइने गरेको विवाहपञ्चमी उत्सवको रौनक महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका र पिपरा गाउँपालिमा देखिएको छ।

पाँच वर्षको अन्तरालमा जन्ती मिथिलाको धर्तीमा आउन लागेका कारण प्रवेशद्वारमै रहेको मटिहानी र जलेश्वर तथा पिपराका बासिन्दा जन्तीको स्वागत, सत्कार र दर्शनका लागि आतुर देखिएका छन्। अयोध्याबाट निस्केको जन्ती भारतका विभिन्न स्थान हुँदै जनकपुर आउनका लागि महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका र मटिहानी नगरपालिकास्थित नेपाल भारत सीमाबाट प्रवेश गर्ने मुख्य प्रवेशद्वार रहेका कारण जलेश्वर र मटिहानीमा आजदेखि विवाहपञ्चमीका लागि आउने जन्तीको स्वागत, सत्कार, विश्राम र वैदिक विधिका विभिन्न तयारी भइरहेको जलेश्वरका नगर प्रमुख सुरेश साह सोनारले बताए।

त्यस्तै महोत्तरीको मटिहानीदेखि राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक पाँच वर्षमा धुमधामका साथ एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने गरेको विवाहपञ्चमी उत्सवको रौनक यसपाली अझ बढी थपिएको छ। यसपाली मटिहानीका प्रत्येक घर घरको अगाडिमा कलश, फूलमाला र अबिर लिएर स्थानीय जन्तीलाई स्वागत गर्न आतुर रहेका छन् भने भगवान रामको डोला (प्रतिमा)सहित आउँदै गरेका जन्तीका लागि गएरातिदेखि नै मटिहानीको घर घरमा दीपावलीसमेत गरिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी रवीन्द्रदास वैष्णवले बताए। मटिहानीमा आज र भोलि राति पनि भगवान रामचन्द्र र जन्तीको स्वागतमा दीपावली मनाइने कार्यक्रम रहेको छ।

त्यस्तै जन्तीको बाटोमै पर्ने पिपरा गाउँपालिकामा जन्तीको भोजन तथा विश्राम रहने गरेका कारण त्यहाँ पनि अहिले जन्तीको भोजन र विश्रामका विभिन्न जोरजामका क्रियाकलाप धुमधामका साथ भइरहेको गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले बताए।

त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान रामचन्द्र र जनकपुरका राजा जनकका छोरी माता सीताको विवाह ऐतिहासिक एवं धार्मिक नगरी जनकपुरधाममा भएको दिनलाई सम्झदैं प्रत्येक पाँच वर्षमा अयोध्यादेखि जनकपुर जन्ती आउने र विवाह उत्सव सम्पन्न हुने परम्परा चलिआएको छ।

सो अवसरमा भगवान रामचन्द्रको जन्मभूमि अयोध्याबाट जन्तीमा भगवान रामचन्द्रको प्रतिमा लिएर हजारौँ साधु, सन्त, महात्मा र अयोध्याबासीसहित भारतका प्रसिद्ध तथा प्रख्यात मठ मन्दिरका महन्त, जोगी सन्यासी विवाहपञ्चमी उत्सवमा सहभागी हुने चलन रहेको छ।

सयौँ रथ, बाजागाजा, नाच तमाशा, घोडा, हात्ती र लाबा लस्करसहित जन्ती आउने चलन रहेको र अयोध्याबाट एक सातादेखि हजारौँ जन्ती तथा लाखौँ सर्वसाधारण जनकपुर आउने गरेका छन्। जनकपुरमा त्रेतायुगमा भएको माता सीताको विवाहको बेला महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ७ मा अवस्थित लक्ष्मी सागरमा मटकोर विधि र वेदीको माटो खन्ने विधि गरिएको प्रचलन अझै पनि जारी रहेको तथा यस वर्ष पनि सो कार्यक्रम धुमधामसँग गरिने कार्यक्रम रहेको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जगन्नाथदास वैष्णवले बताए।

आउँदो शुक्रबार जनकपुरधाममा हुने विवाह पञ्चमीका लागि अयोध्याबाट जन्ती हिँडिसकेको छ भने सोमबार जन्ती मुख्य प्रवेशद्वार मटिहानी नगरपालिकाको सीमामा प्रवेश गर्नेछन्। कतिपय साधु, सन्त, महात्मा र अन्य जन्ती जिल्ला सदरमुकाम जलेश्वरको बाटो भएर पनि नेपाल प्रवेश गर्नेछन्।

जन्ती सबैभन्दा पहिले मटिहानी नै प्रवेश गर्ने हुँदा मटिहानीबासीहरुले जन्तीलाई फूलमाला, अबिर लगायतले स्वागत गर्ने चलन रहेको छ भने जन्ती मटिहानीमा एक रात विश्राम गरेर विवाह पूर्व गरिने मटकोर विधि पनि सोही स्थानमा सम्पन्न गर्ने चलन रहेको छ।

महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाहपञ्चमी उत्सव भएपछि मात्रै सर्वसाधारणले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यो उत्सव सबैले धुमधामसँग मनाउँदै आएका छन्। विवाहपञ्चमीको अवसरमा प्रत्येक पाँच वर्षमा जनकपुर धाममा आठ देखि १० लाखसम्म भक्तजन विवाहपञ्चमी उत्सवमा सहभागिता जनाउने गर्दछन्।

सप्ताहव्यापी विवाह पञ्चमी उत्सव अन्तर्गत यसपाली मङ्सिर १६ गते आज जनकपुर नगर दर्शन, १७ गते सोमबार फुलबारी लीला, त्यस्तै १८ गते मङगलबार धनुष यज्ञ, १९ गते बुधबार तिलकोत्सव, २० गते बिहीबार मटकोर विधि र मङ्सिर २१ गते शुक्रबार भगवान रामचन्द्र तथा माता जानकीको स्वयंवर र शुभ विवाह तथा मङ्सिर २२ गते शनिबारका दिन राम कलेवा हुने कार्यक्रम तय गरिएको हो। -रासस

प्रकाशित: २०८१ मङ्सिर १६ गते आईतबार ०२:२०
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना