२०८३ कार्तिक ११ गते मङ्गलबार

गण्डकी सरकारलाई सवारी मोह, मनपरी आर्थिक सहयोग

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

पोखरा, जेठ ४
gandakigov

पोखरा- संघ सरकारले थोत्रो गाडी दिएर आफूलाई अपमानित गरेको भन्दै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्ना लागि २ करोड ५० लाखको ल्यान्डक्रुजर किने। मुख्यमन्त्रीले महँगो गाडी चढेपछि चौतर्फी आलोचना भयो। मुख्यमन्त्रीले महँगो गाडी किनेर आलोचना खेपे पनि मन्त्री र सरकारी अधिकारीहरू महँगा गाडीमा सवार हुन झन् शौखिन देखिए।

मुख्यमन्त्रीले महँगो गाडी चढेपछि तत्कालीन अर्थमन्त्री किरण गुरुङले पनि १ करोड ७० लाख पर्ने टोयोटा फर्चुनर गाडी किनेका थिए। तत्कालीन समयमा आफैंले बनाएको गाडी खरिदसम्बन्धी नियम उल्लंघन गर्दै मन्त्री र अधिकारीहरूले महँगा गाडी किनेका थिए।

गण्डकीका मन्त्रीहरूले विलासी गाडी किनेर नियम उल्लंघन गरेको विषयमा महालेखा परीक्षकको प्रतिवेदननले प्रश्न उठाइएको छ। मुख्यमन्त्री वा समानस्तरका पदाधिकारीलाई १ करोडसम्मको मात्रै गाडी किन्न मिल्ने व्यवस्था थियो। सभामुख, मन्त्री तथा प्रमुख सचिवलाई ७५ लाख, महाशाखा प्रमुख र कार्यालय प्रमुखलाई ३० लाखसम्मको गाडी खरिद गर्ने व्यवस्था छ। तर मुख्यमन्त्री र अर्थमन्त्रीको गाडी नियमले दिएको सुविधाभन्दा थुप्रै महँगो थियो।

सरकारले लगातार गाडी खरिदमा धेरै रकम खर्च गरेको देखिएको छ। आर्थिक वर्ष २०७८/०७९ मा पनि थप ९ करोडका गाडी किनेको छ। १ वर्षमा मात्रै प्रदेश मन्त्रालय र मातहत निकायले ९ करोड २२ लाखको गाडी किनेका हुन्। गण्डकी सरकारले पछिल्लो ४ वर्षमा करिब ६६ करोडका गाडी खरिद गरेको छ।

हालसम्म ६५ करोड ७० लाखको गाडी खरिद भएको महालेखा परीक्षक (मलेप)को प्रतिवेदनमा उल्लेख छ। सवारी साधन खरिदसँगै मर्मत र इन्धन खर्चसमेत वृद्धि हुने भएकाले सवारी साधन खरिदको मापदण्ड तयार गरी यस्तो खर्चलाई व्यवस्थित गर्न मलेपले सुझाव दिएको छ।

सरकारका काम सम्पादन गर्न थप गाडी आवश्यक भएपनि आगामी आर्थिक वर्ष २०८०/८१ मा नयाँ गाडी खरिदका लागि बजेट विनियोजन नहुने उनको भनाइ छ। उनले पूर्वमुख्यमन्त्री र मन्त्रीहरूले कार्यविधि मिचेर गाडी किनेको विषयमा भने टिप्पणी गर्न चाहेनन्।

सरकारले भने प्रदेश संरचना नयाँ भएकाले जग बसाउनै धेरै खर्च गर्नुपरेको दाबी गर्दै आएको छ। गण्डकी सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ९ करोड ९९ लाखको गाडी किनेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा ३० करोड ७५ लाख, आर्थिक वर्ष २०७५/०७६ मा पनि मन्त्रालयहरूले गाडी खरिदमा १५ करोड ७४ लाख खर्च गरेको थियो। गाडी खरिदमा मितव्ययी हुन मलेपको निर्देशन छ।

आर्थिक मन्त्रालयका सचिव विष्णुप्रसाद शर्माले महालेखा परीक्षकको प्रतिवेदनमा गण्डकी सरकारले खरिद गरेको गाडीको विषय उठान गरेपनि अनियमितता नभएको दाबी गरे। ‘खरिद भएका गाडी आवश्यक काममा उपयोग भइरहेका छन्। आप्रदेश संरचना नयाँ भएकाले जग बसाउँदा अलिक खर्च भएजस्तो देखिएको हो। अनियमितता भएको छैन,’ सचिव शर्माले भने, ‘प्रदेशका कार्यलयहरुमा अहिले पनि गाडीहरु पर्याप्त छैनन्।’

सरकारका काम सम्पादन गर्न थप गाडी आवश्यक भएपनि आगामी आर्थिक वर्ष २०८०/८१ मा नयाँ गाडी खरिदका लागि बजेट विनियोजन नहुने उनको भनाइ छ। उनले पूर्वमुख्यमन्त्री र मन्त्रीहरूले कार्यविधि मिचेर गाडी किनेको विषयमा भने टिप्पणी गर्न चाहेनन्।

मनपरी आर्थिक सहयोग
सरकारले आर्थिक सहायतामा मनपरी गरेको छ। सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्न मार्गदर्शन नै निर्माण भएको छ। सरकारको वार्षिक कार्यक्रममा परेकाबाहेक कुनै पनि सरकारी तथा गैरसरकारी संस्थालाई आर्थिक सहायता र अनुदान नदिने उल्लेख छ। प्रदेश सरकारले व्यक्तिगत २५ हजार र संस्थागत १ लाखसम्म मुख्यमन्त्रीको तोकादेशबाट सोझै र सोभन्दा बढी मन्त्रिपरिषद् निर्णयबाट दिने व्यवस्था गरेको छ।

सरकारले गत वर्षमात्रै व्यक्तिगत सहायतातर्फ औषधि उपचार, खेलकुद प्रतियोगिता, लोकसेवा आयोगको तयारी कक्षालगायत कामका लागि ४ सय ८ जनालाई १ करोड ३७ लाख र ९१ संघ संस्थालाई १ करोड ६ लाख सहायता वितरण गरेको छ। आर्थिक वर्ष २०७६/०७७ मा ५८ लाख १५ हजार र २०७७/०७८ मा २ करोड आर्थिक सहायता वितरण गरेको थियो।

यस्तै, अनुदानमा पनि जथाभावी भएको देखिएको छ। मुख्यमन्त्री कार्यालयले २ करोड १ लाख, भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५ करोड ११ लाख, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले २२ करोड ४ लाख, स्वास्थ्य मन्त्रालयले २५ लाख गरी २९ करोड ४२ लाख अनुदान दिएको देखिन्छ। यस्तो अनुदानको सही अनुगमन भने नभएको मलेपले जनाएको छ।

आर्थिक वृद्धिदर कमजोर
प्रदेश सरकारले पहिलो पञ्चवर्षीय योजना सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/०८१ सम्म आर्थिक वृद्धिदर १०.२ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयले कुल गार्हस्थ्य उत्पादनसम्बन्धी तथ्याङ्क प्रकाशित गर्दै चालु आवमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

कुल गार्हस्थ उत्पादन ४ खर्ब ६८ अर्ब पुर्‍याउने लक्ष्य लिइएकोमा हालसम्म ३ खर्ब १४ अर्ब पुगेको छ। ९ प्रतिशतमा रहेको बहुआयामिक गरिबी ७.३ प्रतिशतमा झार्ने सरकारी लक्ष्य छ।

साक्षरता प्रतिशतमा पनि चित्तबुझ्दो प्रगति भएको छैन। ९५ प्रतिशत साक्षरता दर पुर्‍याउने लक्ष्य रहेकोमा ८३ प्रतिशत मात्रै छ। अझै आधारभूत खानेपानीको पहुँच सबै नागरिकमा पुग्न सकेको छैन। हालसम्म ९३ प्रतिशतमा मात्रै आधारभूत पानीको पहुँच छ। पहिलो पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षा अनुसार समृद्धिका २६ सूचकमध्ये ६ वटा लक्ष्य प्राप्त हुन कठिन हुने र १० वटा लक्ष्य प्राप्त हुनै नसक्ने खालका छन्।

सरकारले अझै आयोजना बैंकलाई व्यवस्थित बनाउन सकेको छैन भने फजुल खर्च अत्यधिक बढेको देखिन्छ। प्रदेश सरकारसँग २ लाख ३५ हजार ५१ आइटम सामग्री सम्पत्ति छन्। त्यसको मूल्य २ अर्ब १९ करोड ८२ लाख कायम गरिएको छ। केही कार्यालयको सम्पत्ति अद्यावधिक भएको छैन।

प्रकाशित: २०८० जेठ ४ गते बिहिबार ११:४६
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना