काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ।
सोमबार बिहान ९:३० बजेसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन्।
कांग्रेसका डंगोलले अहिलेसम्म १३१६ मत ल्याएका छन्।
यहाँ नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले कांग्रेसलाई पछ्याइरहेका छन्। मानन्धरले ९७८ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ५२० र अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले ४३४ मत ल्याएका छन्।
कीर्तिपुर १ को वडाध्यक्ष कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। वडा नम्बर ४ को मतगणना जारी छ।


